म्यानमारबाट बैंकक गइरहेको बसमा आगलागी हुँदा २० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यानमारबाट बैंकक गइरहेको बसमा आगलागी हुँदा २० को मृत्यु

bus accident

एजेन्सी , १६ चैत । म्यानमारबाट ४७ जना श्रमिक बोकेर थाइल्याण्डको बैंकक गइरहेको यात्रुबाहक बसमा सिमा पार गरेलगत्तै आगलागी भएको छ । आज भएको उक्त आगलागीमा परी २० जनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीय प्रहरीले चालकलाई उदृत गर्दै बताए अनुसार बसको बीचभागबाट आगो लागेको थियो । एक्कासी लागेको आगोका कारण यात्रुबस ध्वस्त भएको छ । प्रहरीले बस चालकलाई ड्रग सेवन गरेको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

एक दिन पहिले पनि एउटा सडक दुर्घटनामा थाइल्याण्डमा १८ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);