भारतको अमृतसरमा रेलले किचेर भएको दुर्घटनामा मर्नेको संख्या ६१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतको अमृतसरमा रेलले किचेर भएको दुर्घटनामा मर्नेको संख्या ६१ पुग्यो

एजेन्सी, ३ कात्तिक । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा परी कम्तिमा ६१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन् । पञ्जाव प्रान्तको अमृतसर र मनावालाबीचमा पर्ने ढोका नम्बर–२७ नजिक दुर्घटना भएको हो । रेलवे लिंक नजिक रावणको पुत्ला दहन हेर्न भेला भएका मानिसहरुलाई रेलले किचेर भागेको थियो ।

पठानकोटदेखि अमृतसर तर्फ आउँदै गरेको रेलले राबणको पुत्ला दहनका क्रममा मानिसहरूको भीडलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । राबणको पुत्लामा आगो लगाउने बित्तिकै मानिसहरुलाई मञ्चबाट पछाडी हट्न आग्रह गरेपछि मानिसहरुको भीड रेलको लिकमा पुगेको थियो ।

त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भीडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । मृतकहरुको संख्या बढ्न सक्ने प्रहरी अधिकारीले जनाएका छन । यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);