सूर्यको वातावरणमा पहिलो पटक यान पठाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सूर्यको वातावरणमा पहिलो पटक यान पठाउने तयारी

एजेन्सी, २६ चैत । पहिलो पटक कुनै यान सूर्यको वातावरणमा प्रवेश गर्ने तयारी भइरहेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सूर्य अभियान तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ‘पार्कर सोलार प्रोव’ नामक यो अभियान यसै बर्षको जुलाइ ३१ तारिखका दिन फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट प्रक्षेपण हुने जनाइएको छ ।

पृथ्वीमा प्रकाश फैलाउने मात्र हैन ब्रह्माण्डका अन्य ग्रहहरुमा समेत उज्यालो फ्याक्ने सूर्य आगोको कुण्ड हो । जहाँ कोही पुग्न सक्दैन भनी भनिन्छ । तर, तीनै सूर्यको वातावरणमा पहिलो पटक यान पठाउने तयारी भइरहेको छ ।

मानव इतिहासमा पहिलो पटक यो प्रयास हुन लागेको हो । पार्कर सोलार प्रोव नामक यो अभियान अन्तर्गत यही बर्षको ३१ जुलाइका दिन अमेरिकाको फ्लोरिडा स्थित केनेठी स्पेश सेन्टरबाट प्रक्षेपण गर्ने बताइएको छ । बिगत ७ बर्षको तयारी पछि पार्कर सोलार प्रोव यान सूर्यको बाहिरी वाताबरण, खगोल तथा अन्य जिज्ञासाको जवाफ खोज्ने काममा बैज्ञानिकहरु लागिपरेका हुन् ।

नासाले यो यानसँग पठाउने ब्यक्तिको खोजी गर्दै आएको छ । तर, त्यसका लागि कोही तयार भएका छैनन । बैज्ञानिकहरुले सूर्यको सतह कोरोनालाई तातो बनाउने र सौर्य आँधीलाई गती प्रदान गर्ने उर्जाको बहावलको अध्ययानमा पनि जटेका छन् । सूर्यको छेउछाउ रहेको धूलो र सौर्य आँधीको कणलाई अनुसन्धान गरी सूर्यका बारेमा ज्ञान आर्जन गर्न सकिने यसमा संलग्न बैज्ञानिकहरुको भनाइ छ ।

सूर्यतर्फ पठाउने यानको अगाडी कार्बन फाइबर र ग्रेफाइटसँग मिसाइएको ढाल बनाइएको छ । थर्मल प्रोटेक्सन सिस्टम नामको यो ढाल सूर्य उर्जाबाट यानलाई क्षति नपुग्ने गरी डिजाइन गरिएको हो । ११ दशमलव ४ सेन्टिमिटर बाक्लो यानको बाहिर १३ सय ७० डिग्री सेल्सियस तापमान सहन गर्ने क्षमता विकसित गरिएको छ ।

सूर्यको सिधा किरण यानमाथि पर्न नदिन बिभिन्न प्रयासका अतिरिक्त यानमा थर्मल रेडिएटर नामक ट्यूव जडान गरिएको छ । जसले यानभित्रको उष्णलाई यान बाहिर अन्तरिक्षमा फ्याक्ने छ । यो यान डेल्टा फोर नामक रकेटबाट प्रक्षेपण गरिने जनाइएको छ । सबैभन्दा चाखलाग्दो कुरा के छ भने यान बुधग्रहको कक्षमा राखी अध्ययनमा जुट्नेछ ।

बुध ग्रह सूर्यको वाताबरणमा आउने गरेको बैज्ञानिकहरुको दावी छ । यानमा चारवटा यस्तो उपकरण जडान गरिएको छ । जसले सूर्यको चुम्बकीय क्षेत्र, प्लाज्मा र उर्जाकणको परिक्षणबारे थ्रीडी तस्बिर पनि तयार गर्नेछ । बैज्ञानिकहरु यसमा सफलता हाँसिल गरे सूर्यमाथिको अनुसन्धानमा यो ठूलो उपलब्धी हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);