सूर्य नजिक पुग्न नासाले पठायो अन्तरीक्ष यान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सूर्य नजिक पुग्न नासाले पठायो अन्तरीक्ष यान

solar probe

एजेन्सी, २७ साउन । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले सूर्य नजिकै पुग्ने प्रयासमा पोकर सोलार प्रोब अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । अमेरिकाको फोलोरिडाबाट प्रक्षेपण गरिएको उक्त यान अहिलेसम्म पठाइएका यानहरुभन्दा शक्तिशाली र सूर्यको नजिक पुग्ने दाबी गरिएको छ ।

नासाले प्रक्षेपण गरेको पोकर सोलार प्रोब इतिहासमै छिटो गतिको मानवनिर्मित उपकरण भएको दाबी गरिएको छ । सूर्यको सतहको अध्ययनका लागि प्रक्षेपण गरिएको उक्त अन्तरिक्ष यानले सौर्य आँधिकोबारेमा रहस्य पत्ता लगाउने अमेरिकी बैज्ञानिकहरुको विश्वास छ । हालसम्मकै तीव्र गतिको उक्त अन्तरिक्षयान स्थानीय समयअनुसार आइतवार बिहान ३ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

मानवरहित यो अन्तरिक्ष यान इतिहासमै पहिलोपटक सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्ने जनाइएको छ । सात वर्षको मिसन अन्तर्गत प्रक्षेपण गरिएको पार्कर सोलार प्रोब सौर्य वायुुमण्डल अर्थात कोरोनामा प्रवेश गर्ने गरी डिजाइन गरिएको छ। सौर्य मण्डलको तापले असर नगर्ने गरी यसलाइ अति शक्तिशाली ताप निरोधन प्रबिधिले सुरक्षित गरिएको जनाइएको छ ।

अमेरिकी बैज्ञानिकहरुका अनुसार यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रबेश गर्नेछ । जसलाई कोरोना नाम दिइएको छ, कोरोनाको अध्ययन यही अन्तरिक्ष यानले गर्नेछ । यसअघि सन १९७६ मा जर्मनीका अन्तरिक्ष ऐजन्सी र नासाले मिलेर सुर्य नजिक हेलीअस – २ नामक प्रोब पठाएका थिए । यो प्रोब सुर्यबाट ४ दशमलव ३० करोड किलोमिटरको दुरीमा थियो । पृथ्वीबाट सुर्यको दुरी १५ करोड किलोमिटर टाढा रहेको छ ।

नासाका वैज्ञानिक यो यानबाट पृथ्वीको वातावरणमा हुने परिवर्तनका बारेमा भविष्यवाणी गर्न सक्षम हुने दाबी गरिएको छ । अन्तरिक्षमा खराब मौसम भएपछि पृथ्वीको पावर गृडमा असर पर्न सक्ने हँुदा त्यसबारे जानकारी हासिल गर्न यसबाट सजिलो हुने बैज्ञानिकहरुको भनाइ छ ।

यस मिसनको लागत १ सय ५० करोड अमेरिकी डलर रहेको छ । यो अन्तरिक्ष यानले विद्युतीय, चुम्बकीय र सुर्यको कोरोना प्लाजमासँगै त्यहाँ पाइने कणहरुको पनि अध्ययन गरिने तथा तस्बिर पठाउने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);