सिरियाको एक भवनमा गराइएको विस्फोटमा ३९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

सिरियाको एक भवनमा गराइएको विस्फोटमा ३९ जनाको मृत्यु

bisfot syria

एजेन्सी, २८ साउन । सिरियाको इड्लीब प्रान्तस्थित एक भवनमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

विद्रोही नियन्त्रीत इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको हो । सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् । विस्फोटबाट भवन पुरै भग्नावशेषमा परिणत भएको छ ।

भवनमा आश्रय लिएर बसिरहेका अधिकांश मानिस सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु भएको बताइएको छ । बेलायतको पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हराइरहेकाहरुको खोजी तथा उद्दार भइरहेको जनाएको छ । इड्लीब विद्रोही समूहको पकडमा रहेको सिरियाको अन्तिम क्षेत्र हो ।

सिरियाली सरकारले विद्रोहीले कब्जा गरेका अन्य क्षेत्रमा कारबाही तिव्र पारेर आफ्नो नियन्त्रणमा लिइसकेको छ । रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारले इड्लीबलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।