ताइवानको एक अस्पतालमा आगलागी हुँदा नौको मृत्यु, १६ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ताइवानको एक अस्पतालमा आगलागी हुँदा नौको मृत्यु, १६ घाइते

एजेन्सी, २८ साउन । ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमवार बिहान ४ बजेर ३६ मिनेटमा न्यू ताइपेई सिटीस्थित अस्पतालको सातौँ तलाबाट आगो फैलिएको थियो ।

आगलागीका कारण अस्पतालमा उपचार गराउँदै गरेका बिरामी र कर्मचारीसहित १६ जना गम्भीर घाइते भएको जनाइएको छ । गुडाउन मिल्ने एउटा खाटमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।

आगो लागेपछि ३३ बिरामी र तीन कर्मचारीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको पाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);