युएईले प्रक्षेपण गर्याे 'द हाेप' यान | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

युएईले प्रक्षेपण गर्याे ‘द हाेप’ यान

काठमाडौं, ५ साउन । संयुक्त अरब इमिरेट्स (युएई) ले मङ्गल ग्रहको अध्ययन र अन्वेषणका लागि यान प्रक्षेपण गरेको छ।

‘द होप’ नाम दिइएको यान जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटु–ए रकेटमार्फत प्रक्षेपण गरिएको हो। आगामी सन् २०२१ को फेब्रुअरीमा करिब ५० करोड किलोमिटर दूरी तय गर्दै मङ्गल ग्रहमा पुग्नेछ।

युएईको अन्तरिक्षयान निर्माणमा अनुभव कम छ। हालसम्म अमेरिका, रुस, युरोप र भारतले भने सफलता प्राप्त गरेका छन्। प्रक्षेपण गरेको यान युएईकै इन्जिनियरहरूले उत्पादन गरेका हुन्।

अमेरिकी विज्ञको परामर्शका आधारमा यान उत्पादन गरेको र मङ्गल ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर उक्त यानले अध्ययन गर्नेछ ।

यसअघि, युएईले दुई पटक प्रक्षेपणको प्रयास गरेको थियो। तर, खराब मौसमका कारण स्थगित गरेको थियो। यो महिनामै अमेरिका र चीनले पनि आफ्नो यान अन्तरिक्षमा पठाउने तयारी गरेका छन्। एजेन्सीकाे सहयाेगमा

ताजा समाचार