चीनमा सिनेमा घरहरू सात महिनापछि फेरि खुले | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

चीनमा सिनेमा घरहरू सात महिनापछि फेरि खुले

काठमाडौं, ५ साउन । चीनमा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमा घरहरू सात महिनापछि फेरि खुल्न थालेका छन् ।

चिनियाँ चलचित्र प्रशासनको अनुमतिमा कम जोखिम भएका स्थानहरूमा सोमबारदेखि सिनेमा घर खुल्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयलाई देशभरिका लगभग सबै सिनेमा घर विस्तारै खुल्ने अर्थको रूपमा लिइएको छ।

गत जनवरीमा सुरु भएको लकडाउनले चीनका सिनेमा घरहरू नराम्ररी प्रभावित भएका छन् भने केही स्थायी रूपमा बन्द भइसकेका छन् ।

सिनेमा घरहरूले कुल क्षमताको ३० प्रतिशत मात्रै दर्शक राख्नुपर्ने नियम पालना गर्नु पर्नेछ । दर्शकहरूको शरीरको तापक्रम नाप्ने, दर्शक र सिनेमा घरका कर्मचारी सबैले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने, चलचित्रको टिकट अनलाइनमा किन्नु पर्ने, दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नु पर्ने नियमहरू लगाइएको छ ।

नयाँ सुरक्षा नियमहरूमा सिनेमा घरमा खानेकुरा र पेय पदार्थ बेच्न पाइने छैन । कोरोना भाइरस संक्रमणको उद्गमस्थल चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो ।

सन् २०१९ मा त्यहाँ चलचित्र बजारले नौं अर्ब डलरभन्दा बढीको कारोबार गरेको थियो । चीनभरि ६ सय भन्दा बढी सिनेमा घर छन् ।सात महिना बन्द हुँदा चिनियाँ चलचित्र बजारले एक दशमलब छ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);