सिरियामा हुँदै संसदीय निर्वाचन, २१ जना चुनावी मैदानमा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

सिरियामा हुँदै संसदीय निर्वाचन, २१ जना चुनावी मैदानमा

काठमाडौं, ४ साउन । युद्धग्रस्त मुलुक सिरियामा आज संसदीय निर्वाचन हुँदैछ । २१ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

जसमा पश्चिमी मुलुक अमेरिका र युरोपेली संघका सदस्यहरू समेत उम्मेदवार बनेका छन् । सिरियाका राष्ट्रपति बसर अल असदको सत्तारुढ बाथ पार्टीको अधिपत्य हुने सुनिश्चितता गरिएको निर्वाचनमा सोही पार्टीको अत्याधिक बहुमत घोषणा गरिने विश्लेषण गरिएको छ।

सिरियामा चार वर्षमा निर्वाचन हुने गरेतापनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमतको घोषणा हुने गरेको छ ।

गत अप्रिलमा हुने भनिएको संसदीय चुनाव कोरोना भाइरसका कारण मिति सरेको हो । सिरियाका लाखौँ सर्वसाधारण शरणार्थीका रुपमा पलायन भएका कारण मतदानबाट बञ्चित हुनेछन् ।