सिरियामा आज संसदीय निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सिरियामा आज संसदीय निर्वाचन हुँदै

syria election

एजेन्सी, ४ साउन । युद्धग्रस्त मुलुक सिरियामा आज संसदीय निर्वाचन हुँदैछ । निर्वाचनका लागि २१ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । जसमा पश्चिमी मुलुक अमेरिका र युरोपेली संघका सदस्यहरु समेत उम्मेदवार बनेका छन् ।

सिरियाका राष्ट्रपति बसर अल असदको सत्तारुढ बाथ पार्टीको अधिपत्य हुने सुनिश्चितता गरिएको निर्वाचनमा पनि सोही पार्टीको अत्याधिक बहुमत घोषणा गरिने विश्लेषण गरिएको छ । सिरियामा चार वर्ष निर्वाचन हुने गरेतापनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमतको घोषणा हुने गरेको छ ।

गत अप्रिलमा हुने भनिएको संसदीय चुनाव कोरोना भाइरसका कारण मिति सरेको हो । सिरियाका लाखौं सर्वसाधारण शरणार्थीका रुपमा पलायन भएका कारण मतदानबाट बन्चित हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);