सूर्यलाई छुने मिसनमा गएको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले पृथ्वीमा जानकारी पठाउन सुरु (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सूर्यलाई छुने मिसनमा गएको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले पृथ्वीमा जानकारी पठाउन सुरु (फोटोफिचर)

surya anusandhan

काठमाडौं, २८ मंसिर । सूर्यको सबैभन्दा नजिकबाट अध्ययन गर्न केही महिना अगाडि मात्र उडेको अन्तरिक्षयान ‘पार्कर सोलार प्रोब’ ले पृथ्वीमा जानकारी पठाउन सुरु गरेको छ । पार्करले पठाएको तस्बिरमा विभिन्न ऊर्जात्मक ग्यास, प्लाज्मा लगायतका तत्वहरु सूर्यको सतहबाट बाहिर निस्किरहेको देख्न सकिन्छ ।

बैज्ञानिकहरुका अनुसार अन्तरिक्षयान ‘पार्कर सोलार प्रोब’ ले पठाएको तस्बिरमा देखिएको एउटा चकिलो थोप्लो वृहस्पति ग्रह रहेको छ । त्यसबाहेकका काला थोप्ला तस्बिर लिने क्रममा क्यामरामा उत्पन्न भएको बताइएको छ ।

पार्करमा जडान सधैँ सूर्यतर्फ फर्कने विशेष तापक्रम नियन्त्रक उपकरण अहिले सूर्यको सतहबाट २ करोड ७२ लाख किलोमिटर टाढा रहेको बताइएको छ । सूर्यको रहस्य पत्ता लगाउन सतहलाई सबैभन्दा नजिकबाट अध्ययन गर्ने उद्देश्यले नासाले गत अगस्तमा पार्कर लन्च गरेको थियो । तस्बिर लिइएको समयमा भने त्यहाँको तापक्रम ६ हजार डिग्री भएको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।

सो तापक्रम केही लाख डिग्रीसम्म पुग्ने बताइएको छ । तर अझैपनि सूर्यमा उत्पन्न हुने यो सुपर–हिटिङ प्रणालीबारे कसैसँग स्पष्ट जानकारी छैन । यसकारण पार्करले सूर्यको बाहिरी सतहमा अवस्थित चुम्बकिय र विद्युत्तिय क्षेत्रको प्रत्यक्ष अध्ययनमार्फत यो रहस्य सुल्झाउने अपेक्षा गरिएको छ ।

यसरी अत्याधिक तातो ताराबाट टाढा जाँदै गर्दा वायुमण्डलको तापमान घट्नुको सट्टा किन झन् बढ्दै जान्छ भन्ने पनि पत्ता लगाउन सकिने नासा हेडक्वाटरस्थित ‘हेलियोफिजिक्स’ की निर्देशक निकोला फक्सले बताउनु भएको छ । पार्करले सूर्यको सबैभन्दा नजिक पुगेसँगै हालसम्मकै तिव्र गतिमा यात्रा गर्ने अन्तरिक्षयानको रेकर्ड पनि कायम गरेको छ ।

हालैको उडानमा पार्करले ३ लाख ७५ हजार किलोमिटर प्रतिघण्टाको रफ्तार हासिल गरेको छ भने, यसअघि सबैभन्दा तिव्र गतिले यात्रा गर्ने यानले केबल २ लाख ५० हजार किलोमिटर प्रतिघण्टाको रफ्तारसम्मको यात्रा गरेको थियो । यसरी सूर्यको नजिक जाँदै गर्दा पार्करको गति अहिलेको भन्दा बढ्दै जाने बताइएको छ ।

अहिले भने यो मिसनबारे अमेरिकन जिओफिजिकल युनियनको सम्मेलनमा छलफल भइरहेको छ जसलाई पृथ्वी र अन्तरिक्षका वैज्ञानिकहरु बीच हालसम्मकै ठूलो बैठक भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);