नासाले किन सार्वजनिक गर्‍यो पुरानो तस्बिर? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नासाले किन सार्वजनिक गर्‍यो पुरानो तस्बिर?

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी अन्तरिक्ष यानले खिचेको एउटा पुरानो तस्बिर सेयर गरेको छ जसमा शनिलाई गोलाकार रिङको रूपमा देखाइएको छ ।

‘सौर्यमण्डलको रत्नसमेत भनिने शनि ग्रह मात्र होइन, यसका रिङहरू हाम्रो सौर्य प्रणालीका सबैभन्दा जटिल र उत्कृष्ट छन्’, नासाले तस्बिरको वणर्न गर्दै लेखेको छ । तस्बिर पोस्ट गरेपछि धेरै मानिसको ध्यान केन्द्रित भएको छ ।

अर्का एक व्यक्तिले नासाको पोस्टबारे लेखेका छन् ‘ सुन्दर तस्विर ।’  त्यस्तै अर्का लेख्छन ‘कस्तो उत्कृष्ट ब्रह्माण्डीय तस्बिर ’ । ‘अन्तरिक्ष एकदमै आकर्षक छ’, एक प्रयोगकर्ताले भनेका छन् । कतिपयले तस्बिरमा विश्वास गरेका छैनन् ।

उक्त तस्बिर सन् २०१२ मा क्यासिनी अन्तरिक्ष यानद्वारा खिचिएको थियो । नासाका अनुसार क्यामेराहरू शनि र सूर्यतिर घुमाइएको थियो, जसका कारण ग्रह र रिङ टल्किएका छन् । इन्फ्रारेड, रातो र बैजनी स्पेक्ट्रल फिल्टर प्रयोग गरी तस्बिर खिचिएको नासाले जनाएको छ ।

नासाको हबल स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डका हजारौं चम्किलो तारा रहेको ‘ग्लोबुलर क्लस्टर’को तस्बिर पनि सार्वजनिक गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);