सौर्यमण्डलका दुइ ठुला ग्रह बृहस्पति र शनि सोमबार पृथ्वीबाट सबैभन्दा नजिकको दूरी देखिने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सौर्यमण्डलका दुइ ठुला ग्रह बृहस्पति र शनि सोमबार पृथ्वीबाट सबैभन्दा नजिकको दूरी देखिने

एजेन्सी, ६ पुष । सौर्यमण्डलका दुइ ठुला ग्रह बृहस्पति र शनि सोमबार पृथ्वीबाट सबैभन्दा नजिकको दूरी देखिने भएका छन् । खगोलविदहरुका अनुसार सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिने एक दुर्लभ संयोग हुँदैछ ।

८ सय वर्ष पछि हुन लागेको यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् । सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ ।

यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने भए पनि आजको यो संयोग अझ बढी दुर्लभ भएको उनीहरुको दाबी छ । सन् १६ सय २३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए ।

तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन । अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);