स्पेस एक्सद्वारा अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पेस एक्सद्वारा अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण

spece x

काठमाडौं, १९ फागुन । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणा बमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् । रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको थियो भने यसमा प्रसस्त सेन्सर जडान गरिएको थियो । मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चाप लगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ ।

अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ । पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरीक्षमा लैजाने यो कम्पनी स्थापना गरेका थिए । अहिले जसरी काम भए अमेरिकी अन्तरीक्ष सम्बन्धी निकायले यो प्रणालीलाई नियमित रुपमा अन्तरीक्षमा मानव पर्यटक लैजान यो बर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ । स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरीक्षमा व्यवसायीक रुपमा मानव ग्राहक लैजान पहिलो हुने बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);