अन्तरिक्षबाट कुनै पनि बेला 'स्पेस स्टेशन' पृथ्वीमा खस्न सक्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अन्तरिक्षबाट कुनै पनि बेला ‘स्पेस स्टेशन’ पृथ्वीमा खस्न सक्ने चेतावनी

एजेन्सी, १४ चैत । चीनले अन्तरीक्षमा पठाएको एउटा ‘स्पेस स्टेशन’ नियन्त्रणभन्दा बाहिर गएर पृथ्वीमा झर्ने बैज्ञानिकहरुले बताएका छन् । ‘स्पेस स्टेशन’को टुक्रा ३० मार्चदेखि २ अप्रिलसम्म पृथ्वीमा झर्ने उनीहरुको दाबी छ ।

सन् २०११ मा अन्तरिक्षमा पठाइएको उक्त ‘स्पेस स्टेशन’लाई पाँच बर्षसम्म अन्तरिक्षमा राखिसकेपछि त्यो पृथ्वीमा फर्केर आउने अनुमान गरिएको थियो । तर, अहीले सम्म अन्तरिक्षमै रहनुलाई बैज्ञानिकहरुले चमत्कार भन्दै ‘स्पेश स्टेशन’का टुक्रा कतिबेला कहाँ पृथ्वीमा झर्ने हो नियन्त्रण भन्दा बाहिरको कुरा भएको बताएका छन् ।

सन् २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने चीनको लक्ष्य रहेको छ । सोही लक्ष्य पूरा गर्न सन २०११ मा चीनले अन्तरिक्षमा ‘स्पेश स्टेशन’ खडा गरेको थियो । पाँच बर्षको म्याद निर्धारण गरिएको सो ‘स्पेश स्टेशन’को काम सकिएको तथा त्यो नियन्त्रण भन्दा बाहिर गएकाले कुनै पनि बेला पृथ्बीमा झरेमा अनौठो हुने छैन ।

काम सकेपछि धेरै जसो ‘स्पेश स्टेशन’ अन्तरिक्षमा जलेर नष्ट हुन्छन् भने केही टुक्राहरु पृथ्बीमा झर्ने गरेको पाइएको छ । शहरी क्षेत्रमा झर्यो भने ठूलो धनजनको क्षति हुने खतरा रहन्छ । यसैबीच द यूरोपियन स्पेस एजेन्सीले चिनियाँ ‘स्पेश स्टेशन’को टुक्रा भूमध्ये रेखामाथि ४३ डिग्री उत्तरदेखी,४३ डिग्री दक्षिणको बीचमा झर्ने संभावना रहेको बताएको छ ।

चीनले सन २०१६ मै अहिले झर्न लागेको ‘स्पेश स्टेशन’ ‘द तियाङयोङ –वान’ सँग सम्पर्क टुटेको र त्यसलाइ नियन्त्रण गर्न सकिन्न भनेको छ । सम्पर्क बिच्छेद र नियन्त्रण बाहिर गएको चिनियाँ ‘स्पेश स्टेशन’का टुक्रा बिस्तारै बिस्तारै पृथ्वी नजिक आइरहेको जनाइएको छ ।

द अष्ट्रेलियन सेन्टर फर स्पेश इञ्जिनियरिङ रिसर्चका उपनिर्देशक डा. सलियास अवाउटेनियसले ‘स्पेश स्टेशन’को टुक्रा पृथ्वीको १०० किलोमिटर नजिक आएपछि तातो हुनेछ । तर, त्यसबाट ठूलो क्षति हुने संभावना कम रहेको वैज्ञानिकहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);