मलाला युसुफजाई गोली प्रहार भएको घटनाको ६ वर्षपछि पाकिस्तानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मलाला युसुफजाई गोली प्रहार भएको घटनाको ६ वर्षपछि पाकिस्तानमा

malala

काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफूमाथि गोली प्रहार भएको घटनाको ६ वर्षपछि पाकिस्तान फर्केकी छिन् ।

मलाला तालिबान लडाकुबाट गोली प्रहार भएपछि परिवारका सदस्यसहित बेलायतको बर्मिङघम बस्दै आएकी थिइन । मलाला आफ्ना आमाबाबुसँगै ६ वर्षपछि पाकिस्तान फर्किएकी हुन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मलालाको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य राखिएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । उनलाई कडा सुरक्षा दिइएको छ । मलालाले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा मलालामाथि एकजना बन्दुकधारीले टाउकोमा गोली हानेका थिए । गोली प्रहारपछि मलालालाई उपचारका लागि बेलायतको बर्मिङघम पुर्याइएकोमा उनको परिवार त्यहीं बस्दै आएको छ । लडाकुहरूको दमनका माझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी मलालामाथि १५ वर्षकी छँदा उनी चढेको स्कूल बसमाथि आक्रमण गरिएको थियो । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि मलालाले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान जारी राखेकी छन् ।

हाल २० वर्ष पुगेकी मलालाले अध्ययन सकेपछि पाकिस्तानको राजनीतिमा प्रवेश गर्ने र देशको प्रधानमन्त्री बन्ने उद्देश्य रहेको यसअघि नै बताएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);