भनेजुयलाको बन्दीगृहमा भएको झडप र आगलागीमा ६८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भनेजुयलाको बन्दीगृहमा भएको झडप र आगलागीमा ६८ को मृत्यु

venezuela

एजेन्सी , १५ चैत । भनेजुयलाको भ्यालेन्सिया शहरस्थित बन्दीगृहमा भएको झडप र आगलागीमा परी ६८ जनाको मृत्यु भएको छ । स्थानीय सयम अनुसार बुधबार जेल तोडेर भाग्नका लागि कैदीहरुले सुत्ने ओछ्यानमा आगो लगाएको जनाइएको छ ।

कैदीहरु राखिएको स्थानमा आगलागी भएको खबर फैलिएसँगै सयौंको संख्यामा कैदीका आफन्तहरु त्यहाँ पुगेका थिए । त्यस्तपछि भएको असामान्य स्थितिलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको जनाईएको छ ।

भेनेजुयलाका महान्यायधिवक्ताले घटनाको निश्पक्ष छानबिन गरिने बताएका छन् । भेनेजुयलाका कारागारमा यसअघि पनि कैदीहरु तथा प्रहरीबीच झडपको घटना हुने गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);