अंतरिक्ष यात्रामा चीन र अमेरिकाबिच प्रतिस्पद्र्धा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अंतरिक्ष यात्रामा चीन र अमेरिकाबिच प्रतिस्पद्र्धा शुरु

एजेन्सी, २३ फागुन । अंतरिक्ष यात्रामा पछिल्लो समय चीन र अमेरिकाबिच प्रतिस्पद्र्धा नै शुरु भएको छ । हालै चिनियाँ अन्तरिक्ष संस्थाले सन् २०२३ सम्ममा १२ जनालाई अन्तरिक्ष पुर्याउने योजनामा जुटेको घोषणा गरेको छ । यसरी अन्तरिक्षमा जानेहरु त्यहाँ गएर उसको स्पेस स्टेशन निर्माणमा संलग्न हुने पनि उसले बताएको समाचार संस्थाहरुले बताएका छन् ।

चीनका वरिष्ठ ऐस्ट्रोनट र चाइना म्यान्ड स्पेश प्रोग्रामका डेपुटी चीफ इंजिनियर याङ्ग लिवेईले शनिवार, मानवलाई अन्तरिक्षमा पठाउने चिनियाँ कार्यक्रमकै क्रममा यो बर्ष र आगामी बर्षमा समेत ११ वटा मिशन सञ्चालन गर्ने बताउनु भएको छ । यस अन्तर्गत स्पेश स्टेशनको मुख्य मोड्युल लञ्च गर्ने र यसमा एक्सपेरिमेंटल सेक्शन, एउटा स्पेसशिप र १२ ऐस्ट्रोनाट्सहरुलाई पठाईने योजना सामेल रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);