अमेरिकी वायुसेनाद्वारा गोप्य रुपमा अन्तरिक्ष विमान प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी वायुसेनाद्वारा गोप्य रुपमा अन्तरिक्ष विमान प्रक्षेपण

एजेन्सी, ५ जेठ । अमेरिकी वायुसेनाले आफ्नो गोप्य अभियानअन्तर्गत एक्स ३७ बी अन्तरिक्ष विमान बोकेको एट्लस भी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ र उक्त रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो।

ओर्बिटल टेस्ट भीइकल (ओटीभी) भनिने अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भूउपग्रह छोड्ने र ऊर्जासम्बन्धी एउटा प्रविधि परीक्षण गर्ने बताइएको छ। सो विमानको अन्तरिक्षमा यो छैटौँ यात्रा हो।

गोप्य राखिएका कारण एक्स(३७बी बारे धेरै जानकारी उपलब्ध छैन। यो एक्स३७बी मिशनले पहिलेका अभियानभन्दा धेरै परीक्षणहरू गर्नेछ, वायुसेनामन्त्री बार्बरा बारेटले केही समयअघि अन्तराष्ट्रिय संचारमाध्यमलाइ  जानकारी गराएकी थिइन्।

तीमध्ये एउटा परीक्षण बीउबिजन र अन्य पदार्थमा पराबैजनी किरणको असर अध्ययन गरिहेको बताइएको छ। यो विमान सन् २०११ देखि प्रयोग बन्द गरिएको मानव बोक्ने अमेरिकी अन्तरिक्षयानको सानो स्वरूप जस्तो देखिन्छ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि एक्स ३७बी धावनमार्गमा विमानजस्तै रोकिन सक्छ। बोइङ कम्पनीले बनाएको यो विमान अन्तरिक्षमा रहँदा सौर्य ऊर्जाबाट चल्छ। यसको लम्बाइ २९ फीट र चौडाइ १५ फीट रहेको छ। यसको तौल ४,९८९ किलोग्राम छ।

पहिलो विमान सन् २०१० को एप्रिलमा अन्तरिक्षमा उडेको र आठ महिनापछि फर्केको थियो। यसअघिको अभियान सन् २०१९ को सेप्टेम्बरमा अन्तरिक्षमा ७८० दिन बसेर फर्केपछि सकिएको थियो। यो विमानले अन्तरिक्षमा कुल सात वर्षभन्दा बढी समय बिताएको थियो भने अहिलेको अभियानको अवधि सार्वजनिक गरिएको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);