छत्तीसगढमा प्रहरी र विद्रोहीबीच भिडन्त हुँदा १० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

छत्तीसगढमा प्रहरी र विद्रोहीबीच भिडन्त हुँदा १० को मृत्यु

एजेन्सी, १८ फागुन । भारतको छत्तीसगढ राज्यमा प्रहरी र भारतीय सशस्त्र विद्रोही समूहबीच भिडन्त हुँदा १० जनाको मृत्यु भएको छ ।

छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा शुक्रबार विहान प्रहरी र नक्सलाइटबीच भएको भिडन्तमा परी १० जना विद्रोहीको मृत्यु भएको अधिकारीहरुलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । भिडन्तमा एकजना प्रहरी पनि मारिएका बताइएको छ ।

भिडन्तका क्रममा प्रहरीले विद्रोहीबाट भारी संख्यामा हतियार बरामद गरेको दाबी गरेको छ । तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए ।

आक्रमणपछि प्रहरीको जवाफी कारबाहीमा परी ती विद्रोही मारिएका हुन् । मारिने १० मध्ये ६ जना महिला लडाकु र एकजना नक्सलाइट विद्रोही समूहका उच्चस्तरीय कमाण्डर पनि रहेका बताइएको छ ।

भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट भारतको पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);