स्टील र एल्मुुनियमको आयातमा कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

स्टील र एल्मुुनियमको आयातमा कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टील र एल्मुुनियमको आयातमा कर बढाइने घोषणा गरेका छन ।

donald trump

एजेन्सी, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टील र एल्मुुनियमको आयातमा कर बढाइने घोषणा गरेका छन । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा धातु व्यवसायीहरुसँगको बैठकपछि इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत कर लगाउने आदेशमा आउँदो साता हस्ताक्षर गर्ने बताए ।

गत महिना वाणिज्य मन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न भएको उल्लेख छ । ट्रम्पले चीन र क्यानडाको नाम नलिइकनै विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताए । उनले दशकौं सम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा एल्मुनियम उद्योगहरुलाई पुनःस्थापित गरिने बताए ।

विश्लेषकहरुले अमेरिकाले स्टील र एल्मुुनियमको आयातमा कर लगाउने निर्णय लिएमा बदलामा चीनले पनि अमेरिकी उत्पादनमाथि कर बढाउने घोषणा गर्न सक्ने आशंका गरेका छन् । उनीहरुले कर बढाउने निर्णय भएमा क्यानडाजस्ता निकट सहयोगीहरुसँगको अमेरिकाको सम्बन्ध बिग्रने भविष्यवाणी पनि गरेका छन् । अमेरिकाले सबैभन्दा बढी इस्पात क्यानडासँग किन्ने गरेको छ । युरोपेली संघ र क्यानडाले कर बढाउने ट्रम्पको घोषणाको विरोध गरेका छन् । ट्रम्पको घोषणा कार्यान्वयन भए हजारौं युरोपेलीहरुको रोजगारी जोखिममा पर्ने भन्दै युरोपेली संघ र क्यानडाले चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);