अमेरिकाद्वारा युरोप, मेक्सिको र क्यानडाबाट आयातित स्टील र एल्मुनियममा कर लगाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

अमेरिकाद्वारा युरोप, मेक्सिको र क्यानडाबाट आयातित स्टील र एल्मुनियममा कर लगाउन सुरु

tax

काठमाडौं, १८ जेठ । अमेरिकाले युरोपेली मुलुक, मेक्सिको र क्यानडाबाट आयात गरिने स्टील र एल्मुनियमको आयातमा कर लगाउन सुरु गरेको छ ।

अमेरिकाले गएरातिदेखि स्टीलको आयातमा २५ प्रतिशत र एल्मुनियमको आयातमा १० प्रतिशत कर उठाउन सुरु गरेको हो । अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले उक्त कदमबाट युरोपमा रहेका केही अमेरिकी साझेदारहरू प्रभावित हुने प्रतिक्रिया दिएका छन् । युरोपेली संघ र मेक्सिकोले अमेरिकी कदमको विरोध गर्दै त्यसको बदलास्वरुप आफुहरुले पनि अमेरिकी उत्पादनमा थप कर लगाउने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एल्मुनियममा कर लगाउने घोषणा गरेका थिए ।

ताजा समाचार