स्टील र अल्मुनियममा कर लगाउने घोषणाको विरोध गरिएकामा ट्रम्प आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

स्टील र अल्मुनियममा कर लगाउने घोषणाको विरोध गरिएकामा ट्रम्प आक्रोशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली निर्यातकर्ताहरूलाई स्टील र अल्मुनियमका अतिरिक्त कारहरूमा समेत थप कर लगाउने चेतावनी दिएका छन । 

donald trump

काठमाडौं, २० फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली निर्यातकर्ताहरूलाई स्टील र अल्मुनियमका अतिरिक्त कारहरूमा समेत थप कर लगाउने चेतावनी दिएका छन । युरोपेली संघ, क्यानडा लगायतले स्टील र अल्मुनियममा थप कर लगाउने घोषणको चर्को विरोध गरिरहेका बेला ट्रम्पले कारहरूमा समेत थप कर लगाउने चेतावनी दिएका हुन । ट्रम्पले अमेरिकी व्यापार घाटा कम गर्ने कदम चाल्न आफू दृढ रहेको बताए ।

युरोपेली आयोगका अध्यक्ष जाँ क्लड जंकरले अमेरिकाबाट आयात हुने जिन्स, मोटरसाइकल र ह्विस्कीको आयातमा २५ प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएलगत्तै ट्रम्पले ट्वीटमार्फत विना कर अमेरिका प्रवेश गरिरहेका युरोपमा निर्मित कारहरूमा शुल्क लगाउने चेतावनी दिएका हुन । उनले एकदमै मूर्खतापूर्ण व्यापारिक कारोबारका कारण अरू देशहरूले वर्षौंदेखि अमेरिकाबाट फाइदा लिइरहेको बताएका छन ।

युरोपमा बन्ने कारहरूको मुख्य बजार अमेरिका हो । युरोपेली संघले सन् २०१६ मा निर्यात गरेका एक खर्ब ९२ अर्ब युरो मूल्य बराबरका कारमध्ये २५ प्रतिशत कार अमेरिका पठाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);