पूर्वी गुटाको १० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको सरकारको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पूर्वी गुटाको १० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको सरकारको दाबी

एजेन्सी , २० फागुन । सिरियाली सरकारले पूर्वी गुटाको १० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । दुई हप्तादेखि बिद्रोहीविरुद्ध कारवाही अभियान चलाइरहेको सिरियाली सरकार समर्थित सेनाले बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको १० प्रतिशत क्षेत्रबाट विद्रोही धपाउन सफल भएको दाबी गरेको हो ।

राजधानी दमासकस नजिक रहेको पूर्वी गुटा सन् २०१३ देखि बिद्रोहीको नियन्त्रणमा छ । दुई हप्तादेखि हवाई आक्रमण हुँदै आएको पूर्वी गुटामा हिजोदेखि सरकारी सेनाले स्थल आक्रमणलाई तीव्रता दिएको छ । बिद्रोहीले पनि त्यसको प्रतिकार गरिरहेको मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

पूर्वी गुटामा अहिले ३ लाख ९३ हजार नागरिक फसेका बताइएको छ । सिरियामा बिद्रोही विरुद्धको कारवाही अभियानमा रुसले साथ दिँदै आएको छ । पूर्वी गुटामा पनि रुसको साथमा सिरियाली सेनाले बिद्रोहीलाई निशाना बनाउन भन्दै आक्रमण सुरु गरेको हो । तर निशानामा बिद्रोही भनिए पनि मारमा सर्वसाधारण नागरिक परेका छन् ।

झण्डै दुई हप्तामा ६ सय ७४ जना भन्दा धेरैको मृत्यु भएको छ । यसमा एक सय ५० भन्दा बढी बालबालिका छन् । पूर्वी गुटाबासीले खाद्यान्नसहितका अत्यावश्यक सामग्रीको समेत चरम अभाव झेलिरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);