स्टिल र अल्मुनियमको आयातमा कर बढाउने घोषणाको विश्वव्यापी विरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

स्टिल र अल्मुनियमको आयातमा कर बढाउने घोषणाको विश्वव्यापी विरोध

एजेन्सी, १९ फागुन । स्टिल र अल्मुनियमको आयातमा कर बढाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणाको विश्वव्यापीरुपमा विरोध भएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति ट्रम्प स्टिल र अल्मुनियमको आयातमा कर बढाउने योजना अनुसार अघि बढे त्यसले गम्भीर बाधा ल्याउने चेतावनी दिएका छन् ।

उनले ट्रम्पको घोषणा अस्वीकार्य भएको भन्दै क्यानडाले आफ्ना उद्योग जोगाउन आवश्यक कदम चाल्ने बताए । ट्रम्पले इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि क्यानडाको यो प्रतिक्रिया आएको हो । अमेरिकाले सबैभन्दा बढी स्टिल क्यानडासँग किन्ने गरेको छ । अन्र्तराष्ट्रिय मुद्रा कोष आइएमएफले इस्पातजन्य बस्तुको आयातमा कर लगाउँदा अमेरिकालाई नै क्षति पुग्ने चेतावनी दिएको छ ।

आइएमएफले अन्य देशहरूले पनि सुरक्षाको कारण देखाउँदै व्यापारमा कडा प्रतिबन्धहरू लगाउन सक्ने भविष्यवाणी गर्दै त्यसको असर अमेरिकाले व्यहोर्नुपर्ने बताएको छ । यसअघि युरोपेली आयोगका अध्यक्ष जाँ क्लड जंकरले पनि ट्रम्पको निर्णय युरोपेली उद्योगका लागि अनुचित भएको भन्दै आफूहरु चुप लागेर नबस्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);