अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनद्वारा राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले पदबाट राजीनामा दिएका छन ।

gyari cone

एजेन्सी, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले पदबाट राजीनामा दिएका छन ।

ट्रम्पका मुख्य आर्थिक सल्लाहकारमध्येका एक मानिने कोनले काम गर्न असहज भएको भन्दै पदबाट राजीनामा दिएका हुन । कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार मानिनुहुन्थ्यो । कोनको राजीनामालाई ट्रम्पको समूहबाट एकपछि अर्का व्यक्तिहरु बाहिरिने क्रमको सिलसिलाका रुपमा हेरिएको छ । यसअघि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिन पनि राजीनामा दिएर बाहिरिएका थिए ।

काम गर्न असहज भएको बताइएपनि कोनको राजीनामाको कारण खुलेको छैन । फ्रि टेडका समर्थक कोन ट्रम्पको स्टिल र आल्मुनियमको आयातमा सीमा शुल्क लिने योजनाप्रति असन्तुष्ट रहेकाले यही कारण राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय यही कारण ट्रम्प र कोनबीच सम्बन्ध बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।