एजेन्सी, ७ मंसिर । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ । आतंकवादी आक्रमणमा दुई जना सुरक्षाकर्मी मारिएका छन् भने एकजना घाइते भएका छन् ।
चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको पाकिस्तानका प्रहरी अधिकारीले जनाएका छन । आतंककारीले बाणिज्य दूताबास नजिकै विस्फोट समेत गराएका थिए । त्यस लगतै गोलाबारी सुरु भएको र सुरक्षाकर्मीले त्यसको जवाफी कारबाही गरेका थिए ।
चार जना आक्रमणकारी दूताबासमा प्रवेश गर्न खोजेको तर, चेक प्वाइन्टमै सुरक्षाकर्मीले रोकेको बताइएको छ । दोहोरो भिडन्तमा आतंकबादीतर्फ तीन जनाको मृत्यु भएको जनाइएको छ ।




