लिबियामा दुई हप्तादेखि हिंसा हुँदा २०५ जनाको मृत्यु, विद्रोही पक्षद्वारा कब्जा गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लिबियामा दुई हप्तादेखि हिंसा हुँदा २०५ जनाको मृत्यु, विद्रोही पक्षद्वारा कब्जा गर्ने तयारी

libiya

लिबिया, ६ बैशाख । लिबियाको राजधानी त्रिपोलीमा दुई हप्तादेखि चर्किएको हिंसामा परि हाल सम्म २०५ जनाको मृत्यु भएको छ ।

लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच भएको भिडन्तमा परि ठूलो संख्यामा मानिसको मृत्यु भएको हो । डब्ल्यु एच ओका अनुसार त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ । दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन् । लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राट्रिय मान्यता प्राप्त सरकार र विद्रोहीबीच संघर्ष जारी रहेको छ ।

विद्रोही पक्षले समानान्तर सरकार गठन गरेर आफूहरु आधिकारिक भएको दाबी गर्दै साबिकको राजधानी त्रिपोली कब्जा गर्ने तयारी गरेपछि द्वन्द्व चर्किएको हो । द्वन्द्व पछि भारतले लिबियामा रहेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा भारत फर्काउन पहल सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);