दक्षिण अफ्रिकाको डर्वान शहरमा चर्च भत्किँदा १३को मृत्यु, १६ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

दक्षिण अफ्रिकाको डर्वान शहरमा चर्च भत्किँदा १३को मृत्यु, १६ जना घाईते

एजेन्सी, ६ बैशाख । दक्षिण अफ्रिकामा एउटा चर्च भत्किँदा १३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा मानिसहरुले साँझको प्रार्थना गरिरहेका बेला उक्त चर्च भत्केको थियो ।

चर्च भत्किँदा अन्य १६ जना घाइते भएका छन् । अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको दक्षिण अफ्रिकी अधिकारीहरुले जनाएका छन् । चर्च भत्कने बित्तिकै प्रार्थना गरिरहेकाहरुबीच भागदौड मच्चिएको थियो ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएकाका परिवारजनलाई राहत दिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);