यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण

yaman attack

एजेन्सी, ६ माघ । यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण, ८० सैनिकको मृत्यु, हुथी विद्रोहीले आक्रमण गराएको यमन सरकारको आशंका ।

यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यदपी घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसैबीच यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीले घटनाको भत्र्सना गर्नुभएको छ ।

यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको मृत्यु भएको थियो ।

यमनको पश्चिमी क्षेत्र पूरै कब्जामा लिएको हुथी विद्रोहीले पछिल्लो समय आतंकवादी हमलालाई तीब्रता दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);