कोरोना भाइरसबाट संक्रमित तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना भाइरसबाट संक्रमित तीन जनाको मृत्यु

Coronavirus cases could be grossly

एजेन्सी, ७ माघ । चीनमा देखिएको रहस्यमय कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुमध्ये तीन जनाको मृत्यु भएको छ ।

पहिलो पटक देखा परेको उक्त भाइरसबाट पीडित हुनेको संख्या दुई सय नाघेको छ भने १७ सय बढी संक्रमित रहेको आशंका गरिएको छ । उक्त भाइरस देखिएको चीनको वुहान शहरभन्दा बाहिर राजधानी बेइजिङ र सेन्जेनमा पनि भाइरसको संक्रमण देखिन थालेको छ ।

गत डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरस दक्षिण कोरिया, जापान र थाइल्याण्डमा पनि संक्रमण देखिएको छ । वैज्ञानिकहरुले उक्त भाइरसबाट निमोनियाको संक्रमण देखिने जनाएका छन् । भाइरस फेलिदै गएपछि चीनले विमानस्थलमा चेकजाँचमा कडाइ गरेको छ ।

सिंगापुर र हङकङले वुहानबाट आउने हवाई यात्रीको स्वास्थ्य जांच शुरु गरेको जनाएका छन् । अमेरिकाले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्यूयोर्कका प्रमुख विमानस्थलमा यात्रीहरुको स्वास्थ्य जाँच शुरु गरेको छ । कोरोनाभाइरस जनाबर र मानिसबीच सर्ने भाइरस हो । मानिसबाट मानिसमा भने यो भाइरस सरेको भेटिएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);