विश्वभर कोरोनाको त्रास : चीनमा ८१को मृत्यु, २ हजार ७ सय बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वभर कोरोनाको त्रास : चीनमा ८१को मृत्यु, २ हजार ७ सय बढी संक्रमित

एजेन्सी, १३ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको विवरण अनुसार कोरोनाका कारण सोमवारसम्म ८१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

त्यसैगरी उक्त भाइरसबाट दुइ हजार ७ सय ४४ जना संक्रमित भएको जनाइएको छ । संक्रमितमध्ये ४सय ६१ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

त्यसैगरी ३ हजार ८सय ६ जनालाई पनि यसको संक्रमण भएको आशंका गरिएको बताइएको छ । भाइरस उत्पत्ति भएको बुहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमणको प्रकोप चीनका २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

चीन सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

भाइरसले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको जनाइएको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ ।

फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । कोरोना भाइरसले मृत्युको घटना चीनमा मात्रै भएको छ भने यसको त्रास विश्वभरी नै फैलिएको छ । अमेरिका, जापान लगायतका राष्ट्रले बुहानमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्ने प्रक्रिया अघि बढाएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);