अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान अमेरिकी सेनाको भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान अमेरिकी सेनाको भएको पुष्टि

us plane crash

एजेन्सी, १४ माघ । अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको विमान अमेरिकी सेनाको रहेको पुष्टि भएको छ । तालिवानले अमेरिकी सेनाले गुप्तचरीका लागि प्रयोग गरेको विमान दुर्घटना भएको तस्वीर सार्वजनिक गरेपछि विमान अमेरिकी सेनाको रहेको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको र तालिवानले विमान खसालेको दावीलाई भने अस्वीकार गरेको छ । तालिवानको बलियो पकड रहेको घान्जी प्रान्तको देह याक जिल्लामा सोमबार दिउँसो विमान दुर्घटना भएको थियो ।

विमानमा कति जना सवार थिए भन्ने स्पष्ट खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);