इराकस्थित अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

इराकस्थित अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट प्रहार

rockets hits us embassy

एजेन्सी, १३ माघ । इराकको राजधानीमा रहेको अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट दुर्घटना भएका छन् । राजधानी बगदादमा रहेको नदी किनारमा कातुषा नामको रकेट दुर्घटना भएको अमेरिकी संयुक्त अपरेसन कमाण्डरलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकी दुतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ । यो महिना दुतावासमा भएको तेस्रो आक्रमणमा हो ।

गत पुस १८ गते इरानका सैन्य कमाण्डर कासेम सोलेमानी र अबु महदी अल मुहंडिस अमेरिकी सेनाको कारवाहीमा मारिएपछि जवाफमा इरानले अमेरिकी दुतावास र सैन्य क्याम्पहरुमा आक्रमण गर्दै आएको छ ।

अमेरिकी हस्तक्षेप बढेको भन्दै लाखौं सर्वसाधारण आन्दोलनमा उत्रिएका बेला रकेट आक्रमण गरिएको हो । इरानले यसअघि अमेरिकी दुततवासमा रकेट आक्रमण गर्ने क्रममा युक्रेनको बोइङ विमान दुर्घटना गराउँदा एक सय ६७ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);