सुडानमा हतियारधारीद्धारा ४२ जना गोठालाहरुको हत्या, मारिनेमा अधिकांश महिला र बालबालिका | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

सुडानमा हतियारधारीद्धारा ४२ जना गोठालाहरुको हत्या, मारिनेमा अधिकांश महिला र बालबालिका

sudan

काठमाडौं, २६ पुस । सुडानमा हतियारधारीहरूको समूहले आक्रमण गर्दा ४२ जना गोठालाहरुको हत्या भएको छ ।

सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हुन् ।उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठालाहरु घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले अन्तराष्ट्रिय समाचार संस्थाहरुलाई दिएको जानकारीअनुसार गत आइतबार यो घटना भएको हो ।मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ– बिलुले भने ।

उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए ।घाइतेहरूको अवस्था स्थिर रहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् ।घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ ।त्यस क्षेत्रमा बालयौन दुव्र्यवहारलगायतका अन्य हिंसा पनि हुने गरेको छ ।

ताजा समाचार

Test Post Created

४ घन्टा अघि

Test Post Created

४ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१० घन्टा अघि