मेक्सिकोको सीमामा पर्खाल लगाउने विषयमा कुनै सम्झौता हुँदैन : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेक्सिकोको सीमामा पर्खाल लगाउने विषयमा कुनै सम्झौता हुँदैन : ट्रम्प

trump tariffs

एजेन्सी, २३ पुस ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताएका छन् । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उनको माग छ ।

राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोर्होयाए । डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गरेका छैनन् ।

सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ । उनले सरकारी काम वर्षौंसम्म ठप्प पारेर भए पनि पर्खाल लगाउने आफ्नो चाहना पूरा गर्ने बताए । तर डेमोक्रेटिक सांसदहरुले भने राष्ट्रपतिको पर्खाल लगाउने चाहना अनैतिक भएको बताइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);