अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा

डोनाल्ड ट्रम्प

एजेन्सी, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।

संकटकाल घोषणापछि ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए । आफूले निर्माण गर्ने पर्खालले काम गर्ने दाबी पनि उनले गरे । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी पनि गरे । मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी उनको थियो । तर डेमोक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् ।

ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने अनुमान गरिएको छ ।

डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । संकटकाल घोषणासँगै ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);