निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा हिंसा भड्किंदा ६६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा हिंसा भड्किंदा ६६ को मृत्यु

एजेन्सी, ४ फागुन । शनिवारका लागि तय भएको नाइजेरियाको राष्ट्रपति निर्वाचन अर्को साताका लागि सारिएको छ । राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा हिंसा भड्किएपछि निर्वाचनको मिति पछि सारिएको हो ।

राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा हिंसा भड्किएपछि शनिवार हुने भनिएको नाइजेरियाको राष्ट्रपतिय निर्वाचन अर्को साताका लागि सारिएको छ । त्यहाँ भएको आक्रमणमा हालसम्म ६६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अज्ञात बन्दुकधारीले चलाएको अन्धाधुन्द गोली प्रहारबाट उत्तरी राज्य कादुनको काजुरुमा भन्ने स्थानमा ६६ जनाको ज्यान गएको छ । घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको त्यहाँका सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् । स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले बताएका छन् ।

निर्वाचन लक्षित चुनावी कार्यक्रमहरु बढ्दै गइरहेको समयमा हिंसात्मक घटनाहरु पनि वढ्दै गएका छन् । नाइजेरियाको राष्ट्रपतिय निर्वाचमा ७३ जनाले राष्ट्रपतीको उम्मेद्वारी घोषणा गरेका थिए ।

चुनावमा मुख्य प्रतिस्पर्धा दुई नेताहरु वर्तमान राष्ट्रपति मुहमदु बुहारी तथा पूर्व उपराष्ट्रपति अतिको अबुबकरबीच हुने आकलन गरिएको थियो । अफ्रिकी महादेशको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियामा यसपालीको चुनावको मुख्य मुद्दा भने अन्य चुनावजस्तै भ्रष्टाचार, सुरक्षा, आर्थिक समृद्धि तथा अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या रहेको मुलुकमा रोजगारीको सिर्जना लगाएतका रहेका छन् ।

शनिवार निर्वाचन सम्पन्न भएको भए नाइजेरियाले केहिदिनमा नयाँ राष्ट्रपति पाउने थियो । तर चुनावी कार्यक्रम विथोल्ने गरी भड्किएको हिंसाले सारिएको नयाँ मितिमा पनि चुनाव हुन्छ वा हुँदैन भन्न अहिले नै अनुमान गर्न सक्ने स्थिति देखिंदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);