संसदीय निर्वाचनका क्रममा बंगलादेशमा १२ जनाको मृत्यु, हिंसात्मक घटनाका बावजुद निर्वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

संसदीय निर्वाचनका क्रममा बंगलादेशमा १२ जनाको मृत्यु, हिंसात्मक घटनाका बावजुद निर्वाचन सम्पन्न

bangaladesh

काठमाडौं, १५ पुस । बंगलादेशमा भएको संसदीय निर्वाचनका क्रममा १२ जनाको मृत्यु भएको छ ।

आइतवार भएको मतदानका समयमा विभिन्न स्थानमा हिंसात्मक घटना भएको बंगलादेशी प्रहरी अधिकारीहरुले जनाएका छन् ।

बिपक्षी दलका कार्यकर्ताहरुले मतदान केन्द्रहरुमा आक्रमण गर्न थालेपछि प्रहरीको प्रतिरक्षात्मक कारवाहीमा १२ जनाको मृत्यु भएको हो । बिपक्षीदलका कार्यकर्ताहरुले मतदान केन्द्रमा प्रवेश गर्ने प्रयास गरेका र मत पेटिका खोसेर भाग्न खोजेपछि हिंसात्मक घटना भएको जनाइएको छ ।

आइतवार भएको संसदीय निर्वाचनमा संसदको २ सय ९९ पदका लागि १ हजार ८ सय ४१ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचनको सुरक्षाका लागि करिब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन अघिको समयमा भएको हिंसात्मक घटनामा पनि १३ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);