मेक्सिको सिमामा पर्खालका लागि बजेट नपाए संकटकाल लगाउने ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेक्सिको सिमामा पर्खालका लागि बजेट नपाए संकटकाल लगाउने ट्रम्पको घोषणा

trump

एजेन्सी, २१ पुस । अमेरिकी संघीय सेवाका कार्यालयहरु गत डिसेम्बर २२ देखि आंशिक रुपमा बन्द छन् । संघीय सेवाका आठ लाख कर्मचारीले डिसेम्बर देखि नै तलव खान पाएका छैनन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सेवाका कार्यालय थप एक वर्षसम्म बन्द गर्न आफू तयार रहेको धम्कि सार्वजनिक गरिरहेका छन् ।

अमेरिकाको राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति ट्रम्प संघीय सेवाका कर्मचारी, अमेरिकी नागरिक र विपक्षी दलसमेतका अविभावक हुन् । तर, उनी आफै मेक्सिकोको पर्खालका लागि बजेट व्यवस्था नहुँदासम्म बजेटसम्बन्धी कुनैपनि निर्णयमा हस्ताक्षर गर्दिन भन्दै ‘बालहठ’ प्रदर्शन गरिरहेका छन् ।

सिनेटमा ट्रम्पको रिपव्लिकन पार्टी एक्लैको बहुमत छैन भने रिपव्लिकनका पुराना नेताहरुले पनि ट्रम्पका कदमलाई पुरापुर साथ दिइरहेका छैनन् । डेमोक्र्याटहरुले बजेट निर्माणको सुरुवाति दिनदेखि नै आप्रवासीको मुद्धामा ट्रम्पलाई सहयोग गरिरहेका छैनन् ।

त्यसैले एतिवेला ट्रम्प विद्रोही नेताको जस्तो व्यवहार गरिरहेका छन् भने डेमोक्र्याट नेताहरु ट्रम्पलाई जिद्धि नगर्न सम्झाइरहेका छन् । धेरैपटक डेमोक्र्याटहरुले गरेको प्रयासमा ट्रम्प सहमत भएका छैनन्।

उनी सरकार अन्तर्गतका आंशिक कार्यालयहरुको काम ठप्प भएर पर्ने प्रभावप्रति आफू तयार रहेको भन्दै सिनेटले सहयोग नगरे संकटकाल लगाएर अघि बढ्ने धम्कि दिइरहेका छन् । गएको वर्षको अन्तिम हप्तादेखि बजेटमा सहमति नजुट्दा अमेरिकामा संघीय सरकार अन्तर्गतका आंशिक कार्यालयको काम ठप्प हुँदै आएको छ ।

आंशिक कार्यालयको काम ठप्प भएको तेस्रो हप्तामा प्रवेश गर्दा पनि राष्ट्रपति ट्रम्प आफ्नो अडानमा अडिग छन् । राष्ट्रपति ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि रकम छुट्याइनु पर्ने अडान लिँदै आएका छन् । जुन कुरा सिनेटले अस्वीकार गरेको छ ।

ट्रम्प मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय संकटको घोषणा गरि काम अघि बढाउने भनिरहेका छन् । तर विश्लेषकहरु ट्रमलाई यो कदम पनि महंगो पर्नसक्ने आंकलन गर्छन् ।

बीबीसीका सम्वाददाता एन्थनी जर्करका अनुसार –अमेरिकी कानुनले राष्ट्रपतिलाई युद्ध वा राष्ट्रिय संकटका बेला सैन्य निर्माण आयोजनालाई निर्देशन गर्ने अधिकार दिएको छ । तर त्यसका लागि पैसा भने रक्षा मन्त्रालयलाई संसदले अरू विषयकै लागि छुट्ट्याइदिएको बजेटबाट मिलाउनुपर्नेहुन्छ । ट्रम्पले योबाटो रोजेपनि रिपब्लिकन सदस्य सहित कंग्रेसले विरोध गर्न सक्छ ।

यसमाथि त्यस्तो कदमका विरुद्ध विपक्षीले कानुनी कारबाही पनि गर्न सक्छन् । त्यसैले मेक्सिकोको सिममा पर्खाल लगाउन पुग्नुअघि राष्ट्रपति ट्रम्पले अदालतमा हालिने त्यसविरुद्धका आवेदनको पर्खाल नाघ्नुपर्ने हुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);