पर्खाल बनाउन बजेट नदिए सबै गतिविधि ठप्प पार्ने ट्रम्पको धम्की | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद्ले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेट नदिएमा सरकारका सबै गतिविधिलाई ठप्प पार्ने भन्दै धम्क्याएका छन्। एरिजोना राज्यको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन’ -यालीमा समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले विपक्षी डेमोक्रेटिक सांसदले अवरोधकको भूमिका खेलिरहेको आरोप लगाएका छन्।

 

मेक्सिकोबाट आउने अवैध आप्रवासी रोक्न पर्खाल लगाउने ट्रम्पको विवादास्पद योजनाका लागि संसद्ले रकम छुट्ट्याउनुपर्ने हुन्छ। यद्यपि यसका लागि डेमोक्रेटिक सांसदहरूको सहयोग चाहिन्छ। आफ्नो ८० मिनेट लामो भाषणका क्रममा उनले सञ्चारमाध्यमलाई अति दक्षिणपन्थीलाई मञ्च प्रदान गरेको समेत आरोप लगाए। हालै भएको एक अति दक्षिणपन्थीको -यालीका क्रममा एक महिलाको मृत्यु भएपछि उनले विवादित टिप्पणी गरेका थिए।

 

उनले भर्जिनियाँको सोलार्ट्सभिलेमा भएको हिंसाका लागि सबै पक्ष जिम्मेवार रहेको आरोप लगाएपछि त्यसको चर्को आलोचना भएको थियो । ट्रम्प अवैध रूपमा अमेरिका प्रवेश गर्ने मानिसहरूलाई रोक्नका लागि मेक्सिकोसँगको सीमामा ठूलो र सुन्दर पर्खाल लगाउन संसद्ले साथ देओस् भन्ने चाहन्छन्।

 

तर यसका लागि डेमोक्रेटिक सांसदहरू सहमत हुने सम्भावना निकै कम छ । ‘डेमोक्रेट सदस्यहरू पर्खाल बनाउने योजनाको विरोध गरेर अमेरिकाको सुरक्षालाई खतरामा पारिरहेका छन्,’ आफ्नो भाषणमा ट्रम्पले भने, ‘यदि आवश्यक प-यो भने सरकारलाई ठप्प पार्ने खतरा उठाउनसमेत तयार छु।’

 

संघीय सरकारका वित्तीय मामलासँग जोडिएका कुनै विधेयक कंग्रेसबाट पारित नभएको अवस्थामा अत्यावश्यकबाहेक सरकारका सबै सेवा ठप्प गराएर पनि बजेट पास गराउने उनले तयारी गरेका हुन् । उनले आफूलाई सिमानामा पर्खाल बनाउन आवश्यक सबै कदम चाल्ने बताएका हुन्।

 

उनले आफूलाई अमेरिकी जनताले आप्रवासी प्रवेशमा रोक लगाउनका लागि भोट दिएको दाबीसमेत गरेका छन् । सरकारलाई ठप्प बनाउनका लागि उनले यस्ता विधेयकहरू हस्ताक्षर गर्न अस्वीकार गरी पुनः कंग्रेसमा नै फिर्ता पठाउन सक्नेछन् । संसद्मा नयाँ बजेटमाथि केही समयपछि बहस सुरु हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);