चीनमा बन्यो विश्वकै सबैभन्दा ठुलो टर्मिनल दाक्सीङ अन्तर्राष्ट्रिय विमान स्थल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चीनमा बन्यो विश्वकै सबैभन्दा ठुलो टर्मिनल दाक्सीङ अन्तर्राष्ट्रिय विमान स्थल

new beijing airport

एजेन्सी, ८ असोज । चीनको बेइजिङमा ११ अर्ब डलरको लागतमा निर्माण भएको दाक्सीङ अन्तर्राष्ट्रिय विमान स्थल संचालनमा आएको छ । चीनका राष्ट्रपति सि जिन पिङले बुधबार औपचारिक उद्घाटन गरेपछि एउटा भवनमा बनेको विश्वकै सबैभन्दा ठुलो टर्मिनल दावी गरिएको दाक्सीङ अन्तर्राष्ट्रिय विमान स्थल संचालनमा आएको हो ।

स्टार फिसको आकारमा बनेको सो विमानस्थल ७ लाख वर्गमिटर क्षेत्रफमा फैलिएको छ । चीनको ७० औं बार्षिकोत्सवको अघिल्लो दिन बुधबारबाट संचालनमा आएको दाक्सीङ अन्तर्राष्ट्रिय विमान स्थलले सन् २ हजार २५ सम्ममा १७ करोड यात्रुलाइ आथित्य गर्ने चीनको लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);