निगमको ७ वटा विमान ग्राउण्डेड भएपछि.. | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निगमको ७ वटा विमान ग्राउण्डेड भएपछि..

काठमाडौं, ७ भदौ । नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो ।

ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । निगमले चीनबाट आयत गरेको वाई १२ ई ४ १७ सिट क्षामताका विमानमध्ये अहिले एउटा मात्र संचालनमा रहेको छ भने ३ वटा विमान ग्राउन्डेड भएको छ । चीनको हार्विन एयरक्राफ्टद्वारा निर्मित वाइ–१२ ई सिरिजका ४ वटा विमान रहेका छन् ।

चीनबाट नै आयत गरिएको २ ओटा एमए–६० विमानमध्ये १ मात्र सञ्चालनमा रहेको छ । अर्को एमए –६० मर्डन आर्ट ५६ सिट विमान गत महिना ग्राउन्डे भएर साउनको तेस्रो हप्तामात्र सञ्चालनमा आएको थियो ।

हिमाली र पहाडी क्षेत्रमा उडान भर्दै आएको ट्विन्अटर विमान १ समेत ग्राउन्डे अवस्थामा रहेको छ । ३ ट्विन्टर विमानमध्ये एउटा विमान केही समयदेखि ग्राउन्डेड छ । निगमका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले २ वटा ट्वीनअटर विमान ग्राउन्ड अवस्थामा रहेको छ । समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);