बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

car

काठमाडौं, ७ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको छ ।

समाचारमा लेखिएको छ, सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन सदस्य राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुख भदौ १३ गते काठमाडौं आउँदैछन् । नेपाल प्रहरीसँग दुई वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । त्यस्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनासँग पनि केही बुलेप्रुफ सवारीसाधन छन् ।

समाचारमा लेखिएको छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कार भारतबाटै ल्याइने छ । समाचार आजको कारोबारको पृष्ठ ३ मा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);