निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि २५ सय ५६ सवारी भाडामा लिन अर्थले दियो सहमती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि २५ सय ५६ सवारी भाडामा लिन अर्थले दियो सहमती

aartha mantralaya

काठमाडौं । सरकारले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि २ हजार ५ सय ५६ वटा सवारीसाधन भाडामा लिन सहमति दिएको छ । दुवै सुरक्षा निकायका लागि चाहिने सवारीसाधन किन्न बजेट अभाव देखाउँदै अर्थ मन्त्रालयले १५ दिनका लागि भाडामा लिने गरी अस्थायी व्यवस्थापन गर्न बजेट दिएको हो ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीलाई १ हजार ६ सय ६ र सशस्त्र प्रहरीका लागि ९ सय ५० थान चारपांग्रे ‘पिकअप भ्यानसहित’ सवारी भाडामा लिन अर्थले स्वीकृति दिएको छ । अर्थबाट प्रतिसवारीको एक दिनको भाडा १० हजार हुने गरी बजेटको जोहो गरे पनि १५ दिनको सट्टा १० दिन कायम गरेर भाडामा लिइने सवारी संख्या बढाइने दुवै सुरक्षा निकायका अधिकारीले जनाएका छन् ।

यसअघि निर्वाचन सुरक्षा बजेट व्यवस्थापनका क्रममा अर्थ मन्त्रालयले नेपाल प्रहरीका लागि १ सय ५० थान सवारी किन्न ७५ करोड रुपैयाँ र सशस्त्रलाई ५० थान किन्न २५ करोड रुपैयाँ निकासा गरेको थियो । सेनाले भाडामा सवारी आवश्यक पर्ने/नपर्ने जिम्मा सम्बन्धित जिल्लास्थित युनिटबाटै तय हुने जनाएको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सरकारबाट निकासा भएको बजेटभित्रै रहेर उपलब्ध स्रोतसाधन अनुसार बन्दोबस्ती व्यवस्थापन गरिएको बताए । त्यसबाट पनि अपुग भए जिल्लाकै गण/गुल्मले सवारी भाडामा लिएर काम चलाउन सक्ने उनले बताए । यसअघिका निर्वाचनमा दाताबाट अनुदानमा सवारीसाधनलगायत सहयोग आउने गरेपनि यसपटक त्यस्तो अनुदान कतैबाट पनि नआएको गृह स्रोतको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);