समयमा ऋण नतिर्ने बढे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

समयमा ऋण नतिर्ने बढे

budget rakam

काठमाडौं, ७ भदौ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको छ । कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।

समाचारमा लेखिएकोछ, तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, तीन महिनासम्म भाखा नागेको कर्जालाई असल कर्जा नै मानिन्छ ।

तीनदेखि ६ महिनासम्म भाखा नागेको कर्जालाई कमसल, ६ महिनादेखि एक बर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक बर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रुपमा वर्गाीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्छ ।

यही वर्गीकरणका आधारमा एक बर्षभन्दा बढी भाखा नागेको कर्जाका ऋणीलाई कालोसूचीमा रहेको भनिएको हो । समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);