बैंकले ऋणीलाई दुःख दिन थालेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बैंकले ऋणीलाई दुःख दिन थालेपछि…

काठमाडौं, २७ माघ । बैंक तथा वित्तिय संस्थाहरुले ऋणीलाई भाका नाघेपनि ब्याज नतिरेको भन्दै हैरान पार्न थालेपछि नेपाल राष्ट्र बैंकले तत्कालको समस्या समाधानको नीति ल्याएको छ । तर, उसको नीतिले बैंकहरुको ब्याजदर तत्काल घट्ने छाँटकाँट भने छैन ।

विगतमा ८ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिएकाहरु १५ प्रतिशत तिर्न वाध्य हुन थालेपछि लगानी धमाधम डुब्न थालेको अवस्था छ । यसबीच ऋण लिनेहरुले साँवा त के ब्याज समेत भुक्तानी गर्न सकेका छैनन् । उनीहरुलाई बैक तथा वित्तिय संस्थाले हैरान पार्ने देखि धीतो समेत लिलामी गर्न थालेपछि स्थिति निकै खराब हुने अवस्था बनिसकेको थियो । बैंकको साँवा र ब्याज नतिर्ने भन्दै सडकमा लगानीकर्ता विरोधमा पुग्न थालेका थिए ।

यसलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले जेठ मसान्तसममका लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा या ब्याजवापतको दायित्व भाखा नाघेको एक महिनाभित्र तिरेमा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ । यसलाई पौष मसान्तभित्र ब्याज वा साँवा नतिरेकाहरुले माघभित्र तिरेमा पेनाल नलाग्ने भएको छ ।

अब चैत्रमा तिर्नुपर्ने ब्याज वा साँवा वैशाखको अन्तिमसम्म तिर्दा पेनल लाग्ने छैन । ऋणीलाई थामथुम पार्न राष्ट्र बैंकले नयाँ नीति त ल्याएको छ तर अझै लगानीकर्ताहरु दुःख पाइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);