ट्रम्पले गरे उत्तरपूर्वी सिरियाबाट सुरक्षा बल फिर्ता बोलाउने निर्णयको बचाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ट्रम्पले गरे उत्तरपूर्वी सिरियाबाट सुरक्षा बल फिर्ता बोलाउने निर्णयको बचाउ

एजेन्सी, ३० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षा बललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको सिरियाको भूमी आफुहरुको सीमा क्षेत्र नभएको र विद्रोही कुर्द लडाकु देवदुत पनि नभएको टिप्पणी गरेका छन् ।

अमेरिकी सेना फिर्ता बोलाएर आफ्नै समर्थक रहेका कुर्द लडाकुविरुद्ध टर्कीलाई आक्रमणका लागि हरियो झण्डा देखाएको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

सेना फिर्ता बोलाएको भन्दै राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन सांसद र विपक्षी डेमोक्रेटिक सांसदले तल्लो सदनमा खेद प्रस्तावमा मतदान गरेका छन् । यता राष्ट्रपति ट्रम्पले भने कुर्द लडाकुविरुद्ध टर्कीको हमला अमेरिकाको समस्या नभएको बताएका छन् ।

चरमपन्थी संगठन इस्लामिक स्टेटको कारबाहीमा कुर्द सेनाले गरेको समर्थनको बदलामा अमेरिकाले थुप्रै रकम दिएको उनको भनाइ छ । यसअघि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा जारी राखेको सैन्य कारवाही अन्त्य गर्न अमेरिका लगायत विभिन्न राष्ट्रले गरेको आग्रहलाई अस्विकार गरेको थियो ।

टर्कीले आफुसँग जोडिएको सिरियाको सीमा क्षेत्रबाट कुर्द लडाकुलाई हटाएरै छाड्ने अडान राख्दै आएको छ । अमेरिकाले गत हप्ता उत्तरपूर्वी सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे लगत्तै टर्कीले कुर्दिश लडाकुबिरुद्ध आक्रमण शुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);