ट्रम्पद्वारा उत्तरी सिरियामा तैनाद करिब १ हजार सैनिकलाई फिर्ता गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ट्रम्पद्वारा उत्तरी सिरियामा तैनाद करिब १ हजार सैनिकलाई फिर्ता गर्न निर्देशन

SAINEK

एजेन्सी, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको बताएका छन् । करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको रक्षा मन्त्रीको भनाई थियो । सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);