एजेन्सी, १ कात्तिक । जापान सरकारले सम्राट् नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्ने तयारी गरिएको छ । जापानमा आएको हागिबिस नामक आँधीका कारण निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
अहिले सरकारको मुख्य प्राथमिकता नै राहत र उद्धारमा केन्द्रित रहेकाले अक्टोबर २२ को कार्यक्रम स्थगित गर्न सरकारले तयारी गरिरहेको बताइएको छ । राज्याभिषेकका अवसरमा विदेशी विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको छ । जापानी सम्राट् अकिहितोले राजगद्दी परित्याग गरेपछि छोरा नारुहितोलाई गत वर्ष जापानी सम्राट् घोषणा गरिएको थियो ।




